कात्तिक २९ सल्यान – जिल्लामा फेरि अर्काे सडक दुर्घटना भएको छ।

साेमबार श्रीनगर देखि छत्रेश्वरी गा.पा. वडा नं.७ तुसारेको लागि छुटेको रा १ च ५२८ नं. यात्रु वाहक जीप राणागाउँ नजिक दुर्घटनामा परेको छ । करिब २५ जना सवार जीप पल्टिदा जीपमा सवार १४ जना घाइते भएका छन । घाईते हुनेहरुमा ५७ वर्षिय बिजय नाथ योगी छत्रेश्वरी गा.पा.६, , ३० वर्षिय कमला बुढाथोकी त्रिवेणी गा.पा.२, ५१ वर्षिय धनसिंह चलाउने रहेका छन।

त्यसैगरी त्रिवेणी गा.पा.२, रेवती थापा, त्रिवेणी गा.पा.२, वर्ष ३६ की, सरिता थापा, छत्रेश्वरी गा.पा.६, वर्ष २१ की, आयुस थापा, छत्रेश्वरी गा.पा.६, वर्ष ४ का, उपेन्द्र ब.शाही, छत्रेश्वरी गा.पा.६, वर्ष ५२ का, दिपक भारती, छत्रेश्वरी गा.पा.६, वर्ष ३८का, धन ब.राणा, छत्रेश्वरी गा.पा.७, वर्ष २५ का, निर्मला य‍ोगी, तुसारे, वर्ष ५४ की, पार्वती शाही, छत्रेश्वरी गा.पा.७, वर्ष ४६ की, दलि खड्का त्रिवेणी गा.पा.२, वर्ष ४५ की, मदन महत्तरा त्रिवेणी गा.पा.२, वर्ष १४ का धन ब. राणा, अमृता महतरा त्रिवेणी गा.पा. २, वर्ष ३५ कि, यस्तै घाईतेहर मध्ये २ जना बिजय नाथ य‍‍ोगी र धन ब.राणालाई रिफर गरिएको र अन्य बिरामीहरुको अवस्था सामान्य रहेको पाण्डेले बताएका छन ।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार