कार्तिक २६, सल्यान – राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको दोश्रो अधिवेशनबाट अध्यक्षमा बामदेव केसी निर्वाचित भएका छन् । शुक्रबार सल्यान खलंगामा भएको दोस्रो अधिवेशनबाट १ पछि थप्ने गरी १२ सदस्यीय समितिको अध्यक्षमा के.सी. सर्वसम्मत निर्वाचित भएका हुन । जसकाे उपाध्यक्षमा अमृत बाबु बुढाथोकी र दिपेश ढकाल, सचिव जीवन यरी, सह सचिव प्रसिद्ध डाँगी र कोषाध्यक्षमा रिजन भण्डारी रहेका छन् ।

साथै सदस्यहरू शिवराज केसी, सुदर्शन राई, नोखिराम डाँगी, मनोज रेग्मी र भरत मगर रहेका छन् ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा गणेश चन्द र खकेन्द्र केसीलाई निर्वाचित गरेको छ भने सल्लाहकारमा नवीन पौडेल, प्रतीक इच्छुक शर्मा, मिना बुढाथोकी र सुकदेव कसरालाई राखेकाे छ ।

राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका संस्थापक अध्यक्ष गणेश चन्दकाे अध्यक्षता र पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पाैडेलकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रम संस्थापक काेषाध्यक्ष खकेन्द्र केसीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे थियो भने उक्त कार्यक्रमकाे सहजीकरण अमृत बाबु बुढाथाेकीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार