कात्तिक २१ क्वालालम्पुर – सामाजिक सञ्जालमा धर्म हिंसा मच्चाउन खाेज्ने बंगलादेशका एक नागरिक मलेसियाबाट पक्राउ परेका छन।

यहि दिपावलीकाे समयमा हिन्दु धर्मावलम्बीलाई मलाय भाषामा विभिन्न गाली गलाेज तथा धम्की दिदै सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाएको बनाई धर्म धर्म बिच हिंसा वा रंगभेदी व्यवहारमा भिडियो सामाग्री सार्वजनिक गरेकाे अभियाेगमा २९ वर्षीय बंगलादेशी नागरिक संदिग्धलाई शुक्रबार मलेसियाकाे जाेहाेर राज्यकाे मुआरबाट त्यहाका स्थानीय हिन्दु धर्मावलम्बी तामिल र नेपालीहरुको सहयाेगमा पक्राउ गरिएकाे पत्रकार सम्मेलन मार्फत जोहरका प्रहरी प्रमुख दातुक अयोब खान मिडिन पिच्चेले बताए।

पक्राउ परेका बंगाली नागरिक संदिग्ध

आराेपि बंगलादेशी नागरिक संदिग्ध लामाे समय देखि वैदेशिक राेजगारका लागि मलेसियामा कार्यरत रहेकाे साथै मलेसिया सरकारले ताेकेकाे निश्चित समय भन्दा बढी गैरकानुनी रुपमा बसेकाे र उनी संग अहिले श्रम स्वीकृति समेत नभए खुलेकाे छ।

पक्राउ परेका संदिग्ध माथि थप अनुसन्धानका लागि १४ दिनको म्याद थप गरि मलेसियाकाे कानुन अनुसार दण्ड संहिताको दफा ५०५, सञ्चार तथा मल्टिमिडिया ऐन १९९८ को दफा २३३ र अध्यागमन ऐन १९५९/६३ को दफा १५(१) (ग) बमोजिम उनी माथि मुद्दा चलाइरहेको जाेहर प्रमुख दातुक अयोब खान मिडिन पिच्चेले बताए।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार