कात्तिक २१ मकवानपुर – सडक छेउकाे घरमा देउसी खेलिरहेकालाई बसले ठक्कर दिदा दुईजनाको मृत्यु भएकाे छ चने पाँच जना घाइते भएका छन।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर शनिबार राति करिब ११ बजे देउसी खेलिरहेकाहरूलाई ठक्कर दिँदा हेटौंडा–१५ का अन्दाजी २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंहकाे घटना स्थलमै मृत्यु भएको छ। बसकाे ठक्करबाट घाइते हुने मध्ये दसईजनाकाे अवस्था गम्भीर रहेकाे र तीन जना सामान्य रहेका छन।

घाइते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन्। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने बाँकीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार