कात्तिक १६ रोल्पा – प्रेस सेन्टर नेपाल राेल्पाकाे पाचौं अधिवेशन मङगलबार लिबाङमा सम्पन्न भएको छ।

अधिवेशनले अध्यक्षमा देवी गुरूङ सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा रेशम विक र स्मृति रोकामगर, सचिवमा भरत नेपाली, सहसचिवमा अशोक ओली (परिवर्तन) र चन्द्र रोकामगर, कोषाध्यक्षमा बुद्धिमान ओलीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा विमलराज डाँगी, रमेश डाँगी, जुनिसकुमार विष्ट, लोकेन्द्र सेन, मिलन रोकामगर, सिर्जना सेन, दिपक पुन, अस्मिता बुढा, जंग मगर, बन्दना घर्तीमगर, आशिष डाँगी, जनक गुरूङ, तेजवीर विसी र खुम सुनार गरी २१ सदस्यी जिल्ला समिति गठन गरेको छ।

प्रेस सेन्टर रोल्पाका संयोजक देवी गुरुङको अध्यक्षतामा सुरु भएको कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य ,पुर्व सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता रहेकाे थियाे। विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी , माओवादी केन्द्रका केन्द्रिय सदस्य लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनको रहेका थिए।

प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार