कात्तिक १४ काठमाडौं – नेपाल टेलिभिजले प्रस्तुति गरेकाे दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि स्याङ्जाका प्रकाश पराजुली र दाङकी मीना बुढाथोकीको समूहले जितेको छ ।

शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई डिजिटल भोटको आधारमा पछि पार्दै पराजुली र बुढाथोकीकाे समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान र सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल हात पारेको छ ।

उपाधि हात पारेका पराजुली र बुढाथोकीकाे समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा,तृतीय सविन आचार्य र रीता रावतको समूहले तीन लाख नगद हात पारेका छन। सानत्वना राजेन्द्र पाठक र मीना नेपालको समूह भएकाे छ।पाठक र नेपालकाे समुहले दुई लाख नगद हात पारेका छन

‘दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए । फिनालेमा छिटटै ‘दोहोरी च्याम्पियन’ सिजन २ सुरु हुने समेत घोषणा गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते आइतवार