असाेज ३० सल्यान – श्रीनगरदेखि छत्रेश्वरि गाउँपालिकाको ४ नम्बर वडा लैसे जादै गरेको ना ७ ख ७१८९ नम्बरको यात्रु बहाक बस लैसे (नारे) भन्ने स्थानमा बेलुका करिब ४ बजेतिर दुर्घटना भएको छ।

दुर्घटनाबाट एघार जना यात्रुहरु घाइते भएका छन। घाइते हुनेमा हुडिषा दाहाल, जीमा पुन सहित उनकाे १ बच्चा, छहरा बस्नेत वली, संगीता केसी डाँगी सहित उनकाे १ बच्चा, कविता रावत वली सहित १ बच्चा, बिमला केसी सहित उनकाे १ बच्चा, माेहनलाल खड्का रहेका छन। घाइते सबै छत्रेश्वरी गाउँपालिका -३, मूलखाेला-चैवाङ्ग झिम्पेका स्थानीय हुन। घाइतेहरुको अहिले श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ।

घाइते सबै खतरा मुक्त रहेपनि रिपोर्ट आएपछि मात्रै उपचार सल्यानमा हुन्छ वा बाहिर रिफर गर्नुपर्छ त्याे अहिले नै भन्न नसकिने अस्पताल प्रमुख गंगाराम डिसीले बताए।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार