श्रावण २० राेल्पा – राेल्पा जिल्लामा क्रियाशील पत्रकारहरु माथि आक्षेप आउने गरि समाचार लेखेकाे तथा साेहि विषयलाई लियर केही स्थानीय तहकाे नाम पनि जाेडिदा जनप्रतिनिधि र पत्रकारकाे पारस्परिकता माथि दरार ल्याउने किसिमको समाचार प्रकाशित भयकाे र उक्त समाचारकाे खण्डन सहित ध्यानाकर्षण सहितकाे प्रेसनाेट आज महासंघले सार्वजनिक गरेकाे हाे ।

श्रावण १० गते प्रकाशित “हाम्रा कुरा अनलाइन”ले काेराेनाका कारण वजेट खर्च नहुदा राेल्पा नगरपालिकाले पत्रकारहरुलाई खुशि पार्नकाे लागि ज्याकेट वितरण गरियकाे र काेराेना बिमा गरियकाे भनी प्रकाशित गरेकाे थियाे । यहि समाचारकाे खण्डन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा राेल्पाका अध्यक्ष महेश न्यौपाने द्वारा हस्ताक्षर प्रेसनाेटमा भनियकाे छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे पहरेदार नेपाल पत्रकार महासंंघ र सत्य तथ्य छिटोछरितो समाचार सम्प्रेषण गर्ने पत्रकारहरुु माथि लगाइएको साे आम समुदाय भ्रम सिर्जना गरि पत्रकारिताकाे गरिमा र प्रतिष्ठामा ठेस लाग्ने भयकाले साे बारे आधिकारिक धारणा सार्वजनिक गरेका छौ ।”

हाम्रा कुरा अनलाइनमा प्रकाशित समाचारकाे केही अंश

ज्याकेट र बिमा नेपाल पत्रकार महासंघले पटक पटक माग गरेकाे र साेहि अनुसार राेल्पा नगरपालिकाले स्विकार गरि आफुहरुलाई उपलब्ध गराइएको र भत्ता पनि यसअघि देखि नै केहि कार्यालय र संघसंस्थाले खाजा खर्च स्वरुप उपलब्ध गराउदै आयकाे हुदा यस्ता भ्रमपुर्ण समाचार सम्प्रेषण नगर्न पनि महासंघको प्रेसनाेटमा आग्रह गरिएकाे छ ।

विपतकाे समयमा अहाेरात्र खटिने पत्रकारहरुकाे लागि ज्याकेट र बिमा उपलब्ध गराउनु स्थानिय सरकारकाे दायित्व भयकाे निष्कर्ष सहित क्रियाशील पत्रकारहरुकाे बारेमा आधारहिन आराेपमा नउत्रन पनि निर्देशन दिइएको छ ।

उक्त समाचार हेर्न याे लिङकमा जानुहाेला

https://hamrakura.com/news-details/83330/2020-07-25#.XxuxoniEBh4.facebook

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार