भदौ ३ रसुवा – घरमाथिबाट झरेकाे पहिरोले घर पुरिँदा आमा छाेेेराकाे मृत्यु भएको छ। दुईजना दिदिभाई बेपत्ता भएका छन्।
निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राति श्यामबहादुर घलानको घर पहिरोले पुरेकाे थियाे। पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान र ८ वर्षीया सुकुमाया घलानको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ।
पहिरोमा परी ११ वर्षीया सोकिता घलान र ७ वर्षीय आशिष घलान अझै बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको छ।
घाइते श्यामबहादुर घलानलाई उपचारको लागि नुवाकोटको त्रिशूली अस्पतालमा प्राथमिक उपचार पछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ। अहिले सशस्त्र, नेपाली प्रहरी र सेनाको टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले बताए।