श्रावण ८ काठमाडौं – गत दुई दिन यता सामाजिक सञ्जालमा अत्याधिक रुपमा फैल्याइएकाे स्क्याम म्यासेज आफ्नाे कम्पनीको आधिकारिक नभएकाे स्पष्टीकरण दिदै सजग रहन अनुरोध गरेकाे छ।

होन्डा नेपालले मार्केटिङका लागि अहिले कुनै कार्यक्रम नचलाएको स्पष्ट पारेको छ। सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले सूचना सार्वजनिक गरेकाे छ।

उक्त सुचनामा भनिएको छ‘स्क्यामले सामाजिक मिडिया प्रयोगकर्ताहरूलाई होन्डा स्कुटर जित्ने मौका भनी लोभ्याएर प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी लिएको जानकारी गराउँदछौँ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई उक्त स्क्याममा संलग्न नहुन र कुनै पनि व्यक्तिगत जानकारी नदिन अनुरोध गर्दछौँ।’

हाेन्डाले जारी गरेकाे सुचना

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रवार