बैशाख १७ जाजरकोट – जिल्लामा शुक्रबार थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटले शुक्रबार विहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार २९ जनामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको संक्रमण पुष्टी भएको र आज छेडागाड नगरपालिकामा गरिएको पक्षिणमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिनुभयो ।बिहिबार र शुक्रबारगरिएको एन्टीजेन परिक्षणबाट ३८ जनालाई कोरोना पुष्टी भएसगैं जिल्लामा संक्रमितको संख्या १०५ पुगेको छ।

जनहितमा जारी सन्देश

नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहर चलेपछि जाजरकोट जिल्लामा गरिएको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टी भएका १०५ जना बिरामी मध्ये जुनीचाँदे गाउँपालिकाका एक जना संक्रमित विरामी सन्चो भएर डिस्चार्ज भए सगै जिल्लामा अब सक्रिय संक्रमित बिरामीहरुको संख्या १०४ जना रहेको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिनुभयो ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार