रोल्पा — रुन्टिगढी गाउँपालिका–९ सखीस्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब २:३० बजेतिर होलेरीबाट सखी तर्फ जाँदै गरेको लु ३ त ७११६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट झण्डै १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

दुर्घटनामा परि रोल्पा रुन्टिगढी गाउँपालिका–९ निवासी ५२ वर्षका मोहन बस्नेत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारका क्रममा साँझ करिब ७ बजेतिर मृत्यु भएको हाे।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार