रोल्पामा बिहीबार विद्यालयबाट घर फर्कने क्रममा अरिँगालको टोकाइबाट घाइते भएका एक बालकको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका -७ धाक्रीपानी बस्ने भाइरती परियारका ७ बर्षिय छोरा मोहन परियारको उपचारको क्रममा रोल्पा अस्पतालमा मृत्यु गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
त्रिवेणी गाउँपालिका -७ स्थित विरेन्द्र माध्यामिक विद्यालयमा अध्यनरत बालबालिकाहरु विद्यालय विदा भएपछि घर फर्किदै गर्दा तिलाको जंगलको बाटोमा हिडिरहेको अबस्थामा अचानक अरिँगालले शरीरको विभिन्न भागमा टोकी घाइते बनाएको थियो ।
घाइते अन्य ५ जना बालबालिकालाई थप उपचारको लागी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक राेहित कुमार शाहीले बताए।
घाइते हुनेमा त्रिवेणी गाउपालिका -७ का कमल प्रकाश परियारको छोरी १४ बर्षिय सुनिता परियार, साेहि ठाउँका धन बहादुर परियारको छोरा १० बर्षिय शंकर परियार, झुमा परियारको छोरी १० बर्षिय मनिषा परियार, दिल बहादुर परियारको छोरा ४ बर्षिय आशिष परियार र भिम बहादुर परियारको छोरा ८ बर्षिय कमल परियार छन उनिहरुलाई जिल्ला अस्पताल रेउघाबाट दाङकाे घाेराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारको लागि रिफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए।