बैशाख ०५, सल्यान – सल्यानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ४ पुखातमा शुक्रबार साझ एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । फेला परेका पुरुष बागचौर नगरपालिका वडा नम्बर ४ का ५५/५६ वर्षीय डिल्ली वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख केशर कुमार न्यौपानेले जानकारी दिए । वली राष्ट्रिय आ.वि. बागचौर ५, बयाँलडाँडामा का.स.पदमा कार्यरत समेत रहेका थिए ।
उनका अनुसार वली छोराको ससुरालीम तिथिको भात खान शुक्रबार बिहान पुगेका थिए । उनि फर्किने क्रममा घर देखि आधा घण्टा टाढाको दुरीमा चोटपटक नलागेको अवस्थामा बाटोमै मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रेशम खत्रीको टोली पुगेको र शवको मुचुल्का उठाउन काम भइरहेको प्रहरीले जनाएको छ । वलीको मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले बताएको छ ।