फागुन १५, सल्यान – सल्यान जिल्ला स्तरीय १५ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा बिहिवार कुमाख गाउँपालिका वडा नं. २ नेटाको प्राङ्गणमा १५ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उधोग पर्यटन वन तथा बाताबरण मन्त्री सुरेश अधिकारीले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले खेल क्षेत्र विकासका लागि सरकारले काम गरिरहेको बताउदै अब खेल पुर्वाधारमा जोड दिन आवश्यक रहेको बताए । उनले स्थानीय तहले अब सडक पुर्वाधार भन्दा पनि स्तरीय खेलकुद मैदान बनाउन तर्फ ध्यान दिन आवस्यक रहेको जनाए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढ्दै गएकाले जिल्लालाई खेलकुदमय बनाउनको लागि कर्णाली प्रदेश सरकारले आगामी योजनामा यसलाई प्राथमिकता दिने बताए । मन्त्री अधिकारीले विकास निर्माणका काममा राजनीति गर्न नहुने भन्दै जिल्लाको समग्र विकासको लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने जनाए।
यस्तै, कर्णाली प्रदेशका पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले खेलक्षेत्रलाई उचो बनाउन नेपाली खेलाडीले महत्त्वपूर्ण भुमिका खेलेको बताए । अहिले वडा तह देखि जिल्ला प्रदेश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली खेलाडीको पहुँच पुगेकाले खेलकुद क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको जनाए । खेललाई मर्यादित र अनुशासन बनाउन सबैको भुमिका महत्त्वपूर्ण हुने र आर्थिक र भौतिक रुपमा सबैले आ आफ्नो ठाँउबाट पहल गर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले खेलकुद बिकासमा बजेट नहुदा खेल खेलाउन समस्या भएको बताए । प्रदेशबाट आउने बजेट पनि कटौती भएकाले जिल्लाको खेलक्षेत्रमा लगानी हुन नसकेको जनाए ।

रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका १० स्थानिय तहका करिब ९०० जना खेलाडीको उपस्थिती रहेको छ ।
प्रतियोगितामा छात्रछात्रा भलिवल,कबड्डी लगायतका एथ्लेटिक्स र मार्सल आर्ट तर्फका खेलहरु संचालन हुने जिल्ला खेलकुद समिति सल्यानले जनाएकाे छ ।
१७ गते सम्म संचालन हुने खेल व्यवस्थापनको लागि ४८ जना रेफ्री सहित १०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जिल्ला खेलकुद समिति सल्यानका अध्यक्ष खडक आचार्यले जानकारी दिए ।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकी, बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, छत्रेस्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसि, त्रिवेणी गाउँपालिकाका कार्यवाहक अध्यक्ष छबिराज शर्मा, शारदा नगरपालिका सल्यानका उपप्रमुख सुस्मिता सापकोटा, कुमाख गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै कुमाख गाउँपालिकाका सस्थापक अध्यक्ष दिलमाया बुढामगर, नेपाली कांग्रेस क्षेत्रीय सदस्य इन्द्रराज शर्मा, नेकपा एमालेका सचिवालय सदस्य दिनेश रावत, नेकपा माओवादी केन्द्र सल्यानका सचीव कृति बहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश नेपाली, नेकपा एकीकृत समाजवादी सल्यानका सचीव रमेश गौतम, नेकपाका केन्द्रिय सदस्य भिम सि, कुमाख गाउँपालिका २ का वडाअध्यक्ष ईश्वरी शाही, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खेल प्रतियोगिता फागुन १७ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार