दाङ तुलसीपुर उपमहानगरपालिका-१३ सानाे लेक बखाेरिया जंगलकाे एउटै रुखमा मृत फेला परेका महिला र पुरूषको पहिचान खुलेको छ।

एउटै रूखकाे फरकफरक हाँगामा झुण्डिएको अवस्थामा फेला परेका उनिहरु माइजु भान्ज रहेको खुलेको छ। तुलसीपुर उपमहानगरपालिका-३ गोठीखोलाका ३५ वर्षीया बसन्ती थापा र १९ वर्षीय तुलसीराम घर्ती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पात टिप्न गएका स्थानीयले बुधबार अपरान्ह तिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बसन्तीले माताकाे रुपमा काम समेत गर्ने गरेको स्थानीयले बताएका छन।

मृत भेटिएकि बसन्तीले सामाजिक संजाल फेसबुकमा `गल्ती नहुँदा नहुँदै पनि संसारबाट बिदा हुनुको पीडाबारे सोचौला नि!’ भनेर लेखेपछि उनी सम्पर्क बिहिन भएकि थिइन। बसन्तीका श्रीमान गोबिन्द थापाले श्रीमती हराएको हुँदा खोजी गरिदिन भन्दै गत पुस ९ गते प्रहरीमा निवेदन समेत दिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए।

मृतक माइजू भान्ज करिब एक महिना अघिबाट सम्पर्क बिहिन भएपनि केही दिन अघि मात्रै उनिहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ। अहिले शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार