जेठ १६, सल्यान – सल्यानको दार्मामा सहिद स्मृति कवर्डहल उद्घाटन तथा खुल्ला व्याटमिन्टन प्रतियोगिता २०८० उद्घाटन भएकाे छ ।
दार्मा व्याटमिन्टन संघ दार्मा गाउँपालिका सल्यानकाे आयाेजना र दार्मा गाउँपालिकाकाे व्यबस्थापनमा आज दार्मा सहिद स्मृति कभर्डहलकाे उदघाटन संगै खुल्ला व्याटमिन्टन प्रतियाेगिता सुरु भयकाे हाे ।
प्रतियाेगितामा सल्यान, दाङ ,रुकुम र राेल्पा लगायतका ठाउँबाट जम्मा २० वटा टिम सहभागी भएका छन । दार्मा गाउँपालिका सल्यान काे आ.व २०७९/८० बाट विनियाेजित रकम रु ४५ लाख बाट नवनिर्मित कवर्डहल निर्माण गरिएकाे हाे ।
कभर्डहल उद्घाटन कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि निम बहादुर केसी (अरुण) ले खेल स्वास्थ्यका लागि र पहिचाहानका लागि प्रत्यक व्यक्तिमा आवश्यक रहेकाे बताउदै राज्यका सबै अङ्गहरुले खेलकाे संरक्षण गर्नु पर्नेमा जाेड दिए ।
कार्यक्रममा दार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेसम ओली , पालिकाका सबै वडा अध्यक्षहरुकाे उपस्थिति थियाे । प्रतियाेगिता जेष्ठ १६ गतेसम्म संचालन हुने आयाेजकले जनाएकाे छ ।