बैशाख ०१, सल्यान – सल्यानकाे बागचाैर नगरपालिकाबाट संचालन भैरहेको रेडियो मध्यपहाड ८८.२ मेगाहर्जको छैठौं वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले शुभकामना मन्तव्य राख्दै रेडियोले सुचना प्रवाहमा निश्पक्ष रुपमा जनताकाे पक्षमा रहेर काम गरिरहेको बताए । उनले आगामी दिनमा पनि निरन्तर रुपमा सुचना प्रवाहमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न रेडियो परिवारलाई अनुरोध गरे ।
नगर प्रमुख गौतमले रेडियो मन्त्र एफ.एम. को नामबाट संचालन भएको एफ.एम.को आफू पनि संस्थापक अध्यक्ष समेत रहेको साथै रेडियो मध्यपहाड नगरपालिकाकाे सम्पत्ति भएकोले रेडियोकाे संरक्षण र प्रबर्द्धनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता गरे ।
रेडियोका स्टेसन म्यानेजर लाेकमान चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकी, नगर प्रवक्ता दिपेश डि.सी, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका नेता, कलाकार, विभिन्न मिडियामा कार्यरत पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।
रेडियोका कार्यक्रम संचालक नवीन डाँगीले स्वागत मन्तव्य राखेको कार्यक्रमकाे सहजीकरण पत्रकार बिरेन्द्र डि.सी र प्रदिप मगरले गरेका थिए ।
कार्यक्रम राष्ट्रिय स्तरका कलाकारहरु भागिरथ चलाउने, शक्ति चन्द, कृष क्षेत्री, हरिकला बुढा लगायत स्थानीय स्तरका कलाकारहरुले प्रस्तुति राखेर हजारौं दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
हेर्नुहोस फोटोफिचर :-







