फागुन १० दाङ – एक किशोर मृत फेला परेका छन।

शान्तिनगर गाउँपालिका – ५ रगैंजामा शान्तिनगर -१ आग्रानेटाका १७ बर्षीय प्रमोद डाँगी रगैंजा नजिकै सानो तुलसीपुर जाने नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलबार रगैंजामा फुफूको घरमा जन्मदिनको पार्टीमा सहभागि भइ राति १० बजे आफ्नो घर फर्केका डाँगी मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी टाेलि पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार