माघ ६ काठमाडौं – बंगलादेशको राजधानी ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी धाविका पुस्पा भण्डारीले स्वर्ण जितेकी छन् ।
उनले ४२.१९५ किलोमिटर निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक हात पार्न सफल भएकि हुन। त्यस्तै श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् । बंगबन्धु शेख मुजीब ढाका म्याराथन २०२३ जनवरी २० अर्थात आज बिहान स्थानीय समय अनुसार ५:३० बजे देखि सुरु भएको थियाे।
बंगलादेश सेनाले पहिलो पटक १० जनवरी २०२१ मा राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा कार्यक्रम आयोजना गरेको थियो। त्यसयता साेहि प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । कार्यक्रममा ४२.१९५ किलोमिटर र २१ किलोमिटर दुरिकाे म्याराथन आयाेजना गरिएकोमा दुई चरणमा गरि २००० भन्दा बढी सहभागीहरूले भाग लिएको आयाेजकले जनाएको छ।
पुस्पाले बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता समेत हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् । पुस्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानी समेत बनाएकी छन् । उनी कर्णाली प्रदेश सल्यानको शारदा नगरपालिका -१४ स्याला मालनेटाकि हुन।