पुस २५ क्वालालम्पुर – वैदेशिक राेजगारका लागि मलेसिया पुगेर अलपत्र परेका १३ जना नेपालीहरुलाइ उद्वार गरिएको छ।

नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् ।

मलेसियाको (PRS Forest Management) कम्पनीमा गएका १३ जना नेपाली कामदारहरु केही महिना देखि अलपत्र रहेकाे जानकारी अनुसार परराष्ट्र मन्त्रालय मार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेर १३ जनाकाे सुरक्षित स्थानमा उद्वार भएको मलेसिया स्थित नेपाली राजदुतावासले जनाएको छ।

उद्वारकाे काम चलिरहेकाले केही समय लागेपछि उनिहरुलाई मलेसिया पठाउने म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरेर नेपाल पठाउने प्रक्रिया भइरहेको मलेसिया स्थित नेपाली राजदुतावासका प्रवक्ता प्रतीक कार्कीले जनसहारालाई बताए।

१३ जना मध्ये ६ जना भाेली मंगबार र १३ जनवरीमा अन्य ७ जना नेपाल फर्कने गरि प्रक्रिया भइरहेको छ। अहिले उनिहरु बन्धक भएको भन्ने समाचार सत्य नभएको समेत प्रवक्ता कार्कीले बताए। जनसहारा संग कुरा गर्दै कार्कीले भने: `उहाँहरु बन्धक हुनुहुन्न, उहाँको म्यानपारले नै एक नेपाली हाेटलमा राखेकाे छ, म्यानपावरका एजेन्ट समेत यहि संगै हुनुहुदाे रहेछ, म स्वयम् आज बिहान उहाँहरु भएको ठाउँमा पुगेर दुतावासले व्यवस्था मिलाउछ अर्को ठाउँमा बस्नुस भन्दा मान्नु भएन अहिले म्यानपावरकै संरक्षणमा हुनुहुन्छ बन्धक काेहि हुनुहुन्न।´ उनले भने।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार