पुस १६ बुटवल – सडक दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ भने दुई जना घाइते भएका छन।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल स्थित अस्पताल लाइनमा ग १ ज ६३६७ नम्बरको बाेलेरो पिकअप गएराति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

घाइते हुनेमा सुरेश तामाङ र मिन बहादुर तामाङ रहेका छन। घाइतेमध्ये सुरेश अवस्था गम्भीर रहेको छ। जिप तिव्र गतिका कारण बिच राजमार्गमै दुर्घटनाग्रस्त हुदा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको डिभाइर नाघेर विपरीत दिशामा पुगेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार