पुस १३, सल्यान – बागचौर नगरपालिकाले आज देखि योजनाहरु वडामै गई एकिकृत रुपमा सम्झौता गर्ने कामको थालनी गरेको छ ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे अनुरोधमा बैंकसँगको सहमतिमा यस कार्यकाे थालनी गरिएको हाे ।
नगरपालिकाले आज वडा नं. १२ मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, याेजना शाखाका कर्मचारी लगायत वडाका जनप्रतिनिधि, वडा सचिव र प्राबिधिक कर्मचारीको सहयोगबाट कामको सुरुवात गरेको छ । कार्यक्रममा साे वडामा १२ वटा याेजनाहरुकाे सम्झौता गर्ने कार्य र बैंक खाता खाेल्ने कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यमा ग्लोबल आइएमई बैंक लिमिटेड थारमारेबाट कार्मचारीहरु खट्टि साेही स्थानमा बैंक खाता खाेल्ने काम गरिएको थियाे ।
पहिले नगरपालिकासम्म गई याेजनाहरु सम्झौता गर्दा धेरै खर्च हुनेगरेकाे बताउँदै वडामै नयाँ याेजना सम्झौता गर्न पाउने र बैंक खाता समेत खाेल्ने सुबिधा प्रदान गरेकाेमा वडावासीले आफुहरुका लागि बिल्कुलै नयाँ अनि सहज काम भएको भन्दै नगरपालिकाप्रति धन्यवाद व्यक्त गरेका छन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले उपभोक्ता समिति, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्राबिधिक कर्मचारीलाई आफ्नो काम कर्तव्यलाई पूरा गरि जनताहरुका हरेक समस्यासँग नजिकैबाट नियाल्न र साथै सुल्झाउन निर्देशन समेत दिए ।