पुस १३ काठमाडाैँ – सेवा निवृत विश्व चर्चित  ब्राजिलका फुटबल खेलाडी ८२ वर्षिय पेलेकाे निधन भएको भन्दै नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयाेगकर्ताले दु:ख व्यक्त गरिरहेका छन।

प्राणघातक राेग क्यान्सरकाे ब्राजिल स्थित अल्बर्ट आइस्टाइन अस्पतालमा उपचारत पेलेकाे निधन भएको भन्दै नेपालमा सामाजिक सञ्जालमा एकाएक अफवाह मात्रै फैलाइएकाे बुझिएको छ। पेलेकाे पछिल्लो अवस्थाबारे अन्तराष्ट्रिय कुनै पनि सञ्चारमाध्यामले उल्लेख गरेका छैनन।

उनको अवस्था चिन्ताजनक भएकै कारण गएकाे क्रिसमस उनकाे परिवारले अस्पतालमै पारिवारिक रुपमा क्रिसमस मनाएको थियो।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार