मंसिर १५ राेल्पा – नेपाल पत्रकार महासंघ रोल्पा शाखाले १५ औ स्थापना दिवस मनाइ रहेकाे छ। साेहि अवसरमा आज जिल्ला कारागार रोल्पाका कैदी बन्दीहरुलाइ मास्क र साबुन वितरण गरिएको छ ।

कोरोना कहरबाट सुरक्षित हुन कैदी बन्दीहरुलाइ ति सामग्री वितरण गरिएको महासंघले जनाएको छ । वितरण गरिएको सामाग्रीहरु ५०० थान मास्क र ५० पिस साबुन महासंघका अध्यक्ष महेश न्यौपानेले कैदिबन्दीलाई हस्तान्तरण गर्नु भएको हाे।

आज र भाेली मङगलबार गरि दुई दिन स्थापना दिवस मनाउन लागेकाे महासंघले भाेली शुभकामना आदानप्रदान र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । २०६१ पौष ९ गते नेपाल पत्रकार महासंघ रोल्पा तदर्थ समिति गठन गरि काशिराम डागीकाे सभापतित्वमा नौ सदस्यीयबाट थालनी गरेकाेमा शाखाकाे रुपमा २०६२ साल मंसिर १६ गते स्थापना भएको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार