मंसिर ४ राेल्पा – बुधबार रोल्पामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

हिजाे साझ करिब ०८:३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर-अरेश भित्री सडक खण्डमा जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । लु १ ज ३०७० नम्बरको जिपको ठक्करबाट घाईते भएका मध्ये सुनिलसमृती गा.पा.-०८ अरेस निवासी ४६ वर्षिय राहुल मगरको प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पश्वात थप उपचारको लागी बुटवल तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हाे।

घाईते सोही ठाउ बस्ने ६ वर्षिय राजेन्द्र पुन र ३५ वर्षिय रिमा पुनलाई तत्काल उपचारको लागी सुनिलस्मृती गा.पा. स्थित प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौर ल्याईएकोमा थप उपचारको लागी बुटवल रिफर गरिएको छ । दुर्घटना लगत्तै घटनास्थल बाट फरार भएको जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया शुरू गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेश राज सुबेदीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार