असाेज ८ दाङ – एथलेटिक्स तर्फकाे लङजम्पकी कीर्तिमानी निशा चौधरीले पुनः नयाँ रेकर्ड बनाउन सफल भएकि छन।

शुक्रबार दाङ तुलसीपुर स्थित बेल्झुण्डी रंगशालामा  भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय छनोटमा निशाले ५ मिटर ५० सेन्टिमिटरको नयाँ राष्ट्रिय कीर्तिमानी थप गर्न सफल भएकि हुन।

निशाले यसअघि गत असारमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुनियर स्पर्धातर्फ सिनियर तर्फकै उक्त प्रतियोगितामा उनले ५ दशमलब ४७ सेन्टिमिटरको राष्ट्रिय र्कीर्तिमान राष्ट्रिय कीर्तिमान बनाइसकेकि थिइन भने अहिले आफ्नाे त्याे किर्तिमानी समेत ताेडेर थप उचाइमा पुगेकि हुन।

यसअघि राष्ट्रिय किर्तिमानी एपिएफकी शिला चौधरीले कायम गरेको ५ मिटर ४५ सेन्टिमिटर थियो भने निशाले सन् २०१८ मा त्यसलाई ताेडेर थप २ सेन्टिमिटर बढाएर ५ मिटर ४७ सेन्टिमिटर बनाए देखि राष्ट्रिय किर्तिमानीमा साेहि दुरिमा निशा परिचित थिइन अहिले फेरि निशाले आफू विरुद्धकै २ सेन्टिमिटर दुरि बढाएर नयाँ किर्तिमानी थप गरेकि हुन।

अब निशा यस लगत्तै आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने र त्यसकाे तयारी समेत गरिरहेकाे बताइन।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार