भदौ १७ सुनसरी – पञ्चमीकाे पुजा आरधनाकाे लागि नुहाउने क्रममा नहरमा डुबी दुई जनाकाे मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बाङ्गे स्थित चतरा झुम्का नहरमा नुहाउने क्रममा बिहीबार बिहान पौने १० बजे बराहक्षेत्र-४ कि ३६ बर्षीया शोभो खडका र डिक बहादुर खडकाको १४ बर्षीया छोरी सलिना खड्काकाे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

नुहाउने क्रममा बेपत्ता भएका शोभालाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि विजयपुर अस्पताल धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको र बेपत्ता भएकि सलिनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट  खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा ३०० मिटर टाढा नहरको पानीमा डुवी मृत अवस्थामा फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार