साउन ३१ रुपन्देही – साउन १ गतेबाट सम्पर्क बिहिन भएकि एक महिला बुटवलको एक होटलमा परपुरूष संग दुवै जना मृत भेटिएका छन्।

बुटवल स्थित तिनाउ फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा नेपालगन्ज उपमहानगरपालिका -५ डीएसपी चाेकमा घरभई दाङकाे सतबरिया माइत भएकि करिब २५ वर्षिय पुष्पा थापा बुढाथोकी र पुरुष धादिङका करिब ३६ वर्षिय सीताराम भुजेल रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

उनीहरू दुवै जना आइतबार बेलुका उक्त होटलको कोठामा सँगै बसेकाे खुलेकाे छ भने पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेकाे र महिला ओछ्यान तन्ना र तौलियामा रगत सहित पल्टिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

घटनाको प्रकृति हेर्दा दुवै जना बिच कुटाकुट भएपछि पुरुषले महिलाको हत्या गरि आफुले आत्महत्या गरे जस्तो देखिएकाे र अहिले शव पाेष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

मृतक महिलाका पुष्पाका श्रीमान सनसिल सिंह बुढाथोकी चार महिना अघि मात्रै युएई गएको र साउन १ गते देखि श्रीमती सम्पर्क बिहिन भएको भन्दै उनले जनसहारासंग खाेजिकार्यका लागि २ दिन अघि मात्रै सहयाेग मागेपछि जनसहाराले समाचार प्रकाशित गरेकाे थियाे।

उनिहरु बिच विवाह भएको आउने भदौमा एक वर्ष हुने र पारिवारिक सम्बन्ध पनि राम्रो भएको भएपनि पुष्पा एकाएक सम्पर्क बिहिन भएकाे श्रीमान सनसिलले जनसहारासंग बताएका थिए।

परिवारले सकेजति खाेजतलास गरे पनि केही थाहा नभएपछि आफू नै नेपाल फर्कन लागेकाे र फर्कने प्रक्रिया समेत पूरा भएको सनसिलले बताए।

साउने संक्रान्ती मनाउन घर नेपालगन्जबाट माइत दाङकाे सतबरिया उचानिम्बु भन्ने  ठाउँ जान्छु गएकि पुष्पा माइतीघरबाट नै सम्पर्क बिहिन भएकि हुन। त्यसपछि माइती र घरपरिवारले दुवै तर्फले खाेजि गर्दा पनि त्सतिबेला सम्म कुनै थाहा नभएको सनसिलले बताएका थिए। सनसिल अब ३/४ दिनमै नेपाल फर्कने अन्तिम तयारीमा छन।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मङ्गलवार