साउन २३ दाङ – टरिगाउँ विमानस्थलबाट हुदै आएका दैनिक उडान कटौती गरिएको छ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका करिब ६/७ जिल्लाकाे हवाई ट्रान्जिटकाे रुपमन रहेकाे टरिगाउँ विमानस्थलमा यसअघि दैनिक रुपमा संचालन भएको उडान सेवा अब हप्तामा तीन दिन मात्रै उडान हुने गरि उडान तालिका समायोजन गरिएको दाङ नागरिक उडडयन कार्यालयले जनाएको छ।

जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएपछि उडान कटाए संगै अब हप्ताको बुधबार, बिहीबार र शुक्रबार मात्रै उडान भइरहेकाे र याे प्रक्रिया असार दाेस्राे साताबाट नै हुदै आएको नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माले बताए।

२०११ सालपछि तत्कालीन सरकारले शाही नेपाली वायु सेवा निगमको सानो जहाज मार्फत सुरु गरेकाे उडान २०४२ सालसम्म सेवा सञ्चालन गरिरहे पनि त्यस यता अस्तव्यस्त बन्दै आएको छ। २०४३ सालदेखि टरिगाउँ विमानस्थलमा विमान बस्नै छोडेपछि झण्डै ३१ वर्ष नियमित उडान गरिरहेको तत्कालीन शाही वायु सेवा निगमको विमान आउन एकाएक बन्द भयो । २०४३ सालमा बन्द भएको विमानस्थलमा २०६० सालदेखि फेरि सेवा सुरु भएको थियाे ।

केही उडान कम्पनीले २०६० देखि २०६६ सालसम्म नियमित हवाई सेवा पुनः सञ्चालनमा आएर २०६६ सालमा विमानस्थलको धावनमार्ग निर्माणका लागि सरकारले ३० मिटर चौडाइ र ७५० मिटर लम्बाइ कालोपत्रे धावनमार्ग निर्माण गरिएको थियो । धावनमार्ग निर्माणपछि २०६८ देखि २०६९ मंसिरसम्म नेपाल वायुसेवा निगमको सानो १९ सिटे जहाजले उडान गरेकाे थियाे। २०७१ सालमा निजी क्षेत्रका विमान सेवा कम्पनीले परीक्षण उडान गरे पनि ती कम्पनीहरु परीक्षणमै सिमित भएका छन।

२०६९ देखि हालसम्म नेपाल वायु सेवा निगमकाे १९ सिटे जहाजले विमानस्थलमा नियमित उडान भर्दै आइरहेको छ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार