असार १६ राेल्पा – राेल्पाकाे लागि पठाएको रासायनिक मल बाटाे बाटै बिचौलियाहरुले अन्यत्र बिक्री गरेकाे खुलेकाे छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङबाट अनुदान प्राप्त १०० बाेरा र कृषि सामाग्री कम्पनी लिमिटेड दाङबाट अनुदान प्राप्त १५० बाेरा गरि २५० बाेरा डिएपी मल राेल्पामा पूरा मात्रामा नआएकाे र आएकाे मल पनि बिचौलीयाले लुकिछिपि ओहोरदोहोर दाङ राेल्पा बनाउन थालेपछि याे रहस्य सार्वजनिक भएको छ।

बिहीबार डिएपी मल लिबाङबाट दाङ जाने बसमा लाेड गरेकाे भन्ने विशेष सुचना पाएपछि जिल्ला प्रशासन कार्यालय राेल्पाकाे निगरानीपछि १८ बाेरा मल सातदोबाटोबाट नियन्त्रणमा लिइएकाे प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

राेल्पा नगरपालिका -३ सातदोबाटोमा रहेकाे प्रहरी पाेष्टले कडाइका साथ चेकजाँच गर्दै गर्दा बिहीबार बिहान ९ बजेतिर चालक दाङ राप्ती गाउँपालिका -१ बस्ने ४५ वर्षिय शिव प्रसाद चौधरीले चलाएकाे ना ४ ख १८७८ नम्बरको बसमा १८ बाेरा मल फेला परेपछि चालक चौधरी संग साेधपुछ गर्दा बिचौलीयाकाे धन्दा खुलेकाे हाे। चालक चौधरीले उक्त मल साेहि एग्राेभेटबाट लिएको र दाङ लिने भनेपछि प्रशासनले अनुसन्धान झन फराकिलो बनाउदै लिएको छ।

प्रजिअ सापकोटा भन्छन: राेल्पालाई भनेर दाङबाट १ सय बोरा डिएपी मल असार १३ गते साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे गाेदाम दाङबाट पठाइसकेको स्पष्ट विवरण भए पनि उक्त परिणामकाे मल राेल्पामा नआएको र आएकाे मल पनि उतै फिर्ता लिन खाेज्दा छानबिनको लागि नियन्त्रणमा लिएका छौ´ ` बिक्रीवितरण गरेकाे कुनै बिल भेटिएन मल कहाँ बिक्री भयाे अनुसन्धान भइरहेको छ।´ उनले भने।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेड दाङकाे लागि राेल्पामा बिक्रेता रहेकाे लिबाङ स्थित स्वर्गद्धारी एग्रोभेटमा जिल्ला प्रशासनले आकस्मिक छापा समेत मारेकाे छ। प्रजिअ सापकोटाको नेतृत्वमा प्रहरी नायब उपरिक्षक बिनोद घिमिरे ,सशस्त्र प्रहरी नायब उपरिक्षक होम प्रसाद भट्टराई , प्रशासकिय अधिकृत युबराज परियार , कृषि ज्ञन केन्द्रका प्रमुख राहुल पाण्डेकाे सयुक्त टोलिले छापा मार्दा ४ बाेरी मल फेला पारेकाे र उक्त मल बिक्रीवितरण सम्बन्धि कुनै आधिकारिक कागजपत्र समेत नभएको पाइएको छ भने उक्त एग्राेभेटले गत माघ २६ गते यता कुनैपनि बिल नकाटेकाे फेला परेकाे छ।

बरामद भएको मल जिल्ला प्रशासनले राेल्पा नगरपालिकालाई जिम्मा लगाउने भएको छ। नगरपालिकाले उक्त मल लाभग्राही किसानको पहिचान गरि बिक्रीवितरण गरि उक्त रकम राजस्व शिर्षकमा सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त हुने रकमकाे रुपमा दाखिला गर्ने त्यसकाे पुर्ण जानकारी जिल्ला प्रशासनलाई गराउने तयारी गरेकाे छ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेड दाङकाे लागि राेल्पामा बिक्रेता रहेकाे लिबाङ स्थित स्वर्गद्धारी एग्रोभेटकाे मल बिक्रेता प्रमाणपत्र खारेज गर्न भन्दै जिल्ला प्रशासन कार्यालय राेल्पा दाङमा रहेका ती दुवै कम्पनीलाई सिफारिस समेत गरेकाे छ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार