असार ४ सुर्खेत – निर्माण सामाग्री लिएर दाङबाट जाजरकोट जाँदै गरेको ट्रक दुर्घटनामा परि मृत्युु भएका दुवैको पहिचान खुलेकाे छ।

मृत्यु हुनेमा ट्रक चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका-१२ बस्ने २४ वर्षीय मिलन गुरूङ रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

शनिबार बिहान दाङबाट सिमेन्ट र सरिया लिएर जाजरकोटका लागि छुटेकाे ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतकाे गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक दुर्घटनामा परेको थियाे।

ट्रक सडकबाट ५० मिटर तल खसेको र ट्रक मुनि २ जना मानिस च्यापिएको देखिए पनि मान्छेले निकाल्न नसकिएपछि क्रेनले ट्रक उठाएर निकालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार