जेठ १८, सल्यान – सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सवलीकरण परियोजना अन्तर्गत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) सम्बन्धि ३ दिने तालिम मंगलबार बागचौर नगरपालिकामा सम्पन्न भएको छ ।

उक्त तालिम सामाजिक सुरक्षा र घटना दर्तालाई अझै प्रभावकारी बनाएर VERSP-MIS system सम्बन्धि वडा सचिव , सूचना अधिकारी, एम.आई.एस अपरेट र फिल्ड सहायकलाई थप दक्ष बनाउने उद्देश्यले प्रदान गरिएको हाे ।

यस प्रविधिबाट व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षाहरुकाे तथ्यांक व्यवस्थित गर्न, समयमै आवश्यक प्रतिवेदन निकाल्न, प्रत्येक व्यक्तिकाे युनिकोड आइडी सहितको व्यवस्थित अभिलेख राख्ने अनलाइन प्रणाली हाे । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुकाे विवरण दर्ता, नविकरण, लागत कट्टा तथा आवश्यक प्रतिवेदन हेर्न र निकाली प्रकाशन गर्न केन्द्रीय पञ्जीकरण विभागले याे प्रणाली संचालनमा ल्याएकाे हाे ।

बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सी. (वली), प्रशिक्षक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सफ्टवयर ईन्जिनियर दापासा शेर्पा, सिविस नेपाल ASPRO परियोजना संयोजक उमङ्ग मैनाली, मुसिकोट नगरपालिका र बागचौर नगरपालिकाबाट सहभागी सूचना प्रविधि अधिकृत, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा प्रमुख, एम.आई.एस. अपरेटरहरु, वडा सचिवहरु, फिल्ड सहायकहरु र सिविस नेपाल बागचाैरका सामाजिक परिचालन अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

तालिम ३ दिनसम्म शारदा टपमा संचालन भएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार