जेठ १० राेल्पा – सडक दुर्घटनामा परि एक जनाकाे मृत्यु भएको छ भने तीन जना घाइते भएका छन।

मंगलबार अपरान्ह करिब ४ बजेतिर सदरमुकाम लिबाङबाट माडिचौर तर्फ जाँदै गरेकाे रा १ ह ४३४७ नम्बरको अटाे राेल्पा नगरपालिका -२ सिमलबाङमा दुर्घटना हुदा राेल्पा नगरपालिका -२ थलिबाङ बस्ने अटाे चालक २९ वर्षिय महेश कुँवरकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

अटाेमा सवार राेल्पा नगरपालिका -७ माडिचौर बस्ने ५३ वर्षिय दलबहादुर पुन, साेहि ठाउँका ५२ वर्षिय जानसिंह पुन र ४७ वर्षिय सहविर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

उनिहरुलाई उपचारकाे लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ । अटाे सडकबाट करिब ५० मिटर तल खसेकाे प्रहरी निरीक्षक जिसीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार