बैशाख २३ जाजरकोट – अवैध काईनेटिक ढुंगा सहित एकजना पक्राउ परेका छन।

पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका -६ गर्खाकाेट बस्ने २२ वर्षिय सुरत सिंह रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

शिवालय गाउँपालिका -१ छेडा बजार स्थित प्रहरी चेकप्वाईन्टमा प्रहरी चौकी छेडाचौरबाट खटिएको प्रहरीले बिहीबार दिउँसो करिब साढे २ बजेतिर सवारीसाधन तथा यात्रु चेकजाँच गर्ने क्रममा कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्बरको बाेलेराे गाडीमा सवार सिंहकाे साथबाट उक्त ढुंगा १ किलाे ५४५ ग्राम फेला परेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

पक्राउ परेका सिंहलाई आवश्यक कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत भुकम्प मापन केन्द्र बिरेन्द्रनगर सुर्खेतमा पठाईएकाे प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार