पुस १८ रोल्पा – राेल्पा समाज जापानको दोस्रो अधिवेशनले बिकाश वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जापानको टोकियोमा शनिवार सम्पन्न अधिबेशनले सर्वसम्मत रुपमा कार्यसमिति गठन गरेको हो ।
समाजका निवर्तमान अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन निवर्तमान महासचिव विवेकमान रोका मगरले गरेका थिए भने स्वागत मन्तव्य विकाश वलीले दिएका थिए। समाजको बारेमा गुरुप्रसाद राणा मगर बाेल्दै स्पष्ट पारेका थिए ।
जापानको विभिन्न क्षेत्रहरुममा रहेका राेल्पालीहरूलाई सहजकोलगि भर्चुअल माध्यमबाट पनि आफ्नो भनाइहरू राख्ने र अधिवेसनमा सहभागी हुने व्यवस्था मिलाइएको थियो । समाजको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष राजेन्द्र झाक्री मगरले प्रस्तुत गरेका थिए। रोल्पा समाज जापानको २ वर्षिय कार्यप्रगति प्रतिवेदन समाजका अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गरेका थिए।
समाजको दोस्रो अधिवेशनमा प्रमुख अतिथी इन्द्रदेव बुढा मगर (ब्यन्जन्), बिशिष्ट अतिथी तारा प्रकाश बुढा मगर , अतिथी जोन छन्त्याल ,क्योतोका प्रतिनिधि कैलाश गिरी रोल्पाका फ़ुटबल खेलाडी चन्द्र घर्ती मगर लगायताले मनतव्य राखेका थिए।
रोल्पाबाट पुर्व सिचाइ राज्य मन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले शुभकामना सन्देश पठाएका थिए।
“कर्मभुमी र जन्मभूमिकोलागि हामी रोल्पालीहरु गोलबद्ध हौं ” भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा अंग्रेजी नयाँ वर्ष 2022 को शुभकामना आदानप्रदान तथा covid-19 विरुद्ध को सहयोग अभियानमा सहयोग गर्ने सम्पूर्णमा सम्मान समेत गरिएको थियाे।
अधिवेशन लगतै कार्यसमिति को छलफलपछि संरक्षकमा प्रेम प्रकाश रोका मगर ,ब. सल्लाहकार समितिमा संस्थापक अध्यक्ष इन्द्रदेव बुढा मगर सलाहकार तारा प्रकाश बुढा मगर , बिबेकमान रोका मगर,दया प्रसाद बुढा मगर ,प्रकाश घर्तीमगर र टेकम वलीलाई चयन गरिएको छ ।
(नयाँ कार्यसमिति २०२२-२०२४)
सल्लाहकार कार्यसमितिहरुः-
१- वरिष्ठ सल्लाहकार इन्द्रदेब बुढा मगर(ब्यन्जन)
२-तारा प्रकाश बुढा मगर
३-बिबेकमान रोका मगर
४-दया प्रसाद बुढा मगर
५-प्रकाश घर्ती मगर
६-टेकम वली
संरक्षकः– प्रेम प्रकाश रोका मगर
कार्यसमितिः–
१.अध्यक्षः बिकाश वली
२.ब.उपाध्यक्षः टीकाराम डागी
३.महिलाउपाध्यक्षः अपेक्षा बुढा झाक्री मगर
४.उपाध्यक्षः नन्द कुमार बुढा मगर
५.उपाध्यक्षः चन्द्र घर्ती मगर
६.महासचिवः गुरुप्रसाद राना मगर
७.सचिबः कल्याण बिक्रम रिजाल
८.सचिबः रूपचन्द्र के.सी.
९.कोषाध्यक्षः सुजन बुढा मगर
१०.सह-कोषाध्यक्षः दिलमाया थापा बुढा मगर
११.सह-कोषाध्यक्षः घनश्याम वली
१२.प्रवक्ताः रिदम रोका मगर
सदस्यहरुः-
१३.कमला विधु मगर
१४.राम कुमार वली
१५.राजेन्द्र झाक्री मगर
१६.रामसिङ रोका मगर
१७.सबिन बुढा मगर
१८.बीरेन्द्र घर्ती मगर
१९.रामकृष्ण बुढा मगर
२०.कैलाश गिरी
२१.दीपक बिस्ट
२२.मनोज वली
२३.सन्तोष बस्नेत
२४.रितु राना मगर
२५.लाल कुमारी बुढा मगर
२६.रेखा बुढा मगर
२७.कुसुम बुढा मगर
२८.निस्मा घर्ती मगर
२९.खिमराज पुन मगर
३०.एज्न बहादुर नेपाली
३१.राजेश घर्ती मगर
३२.पूर्ण बहादुर बुढा मगर
३३.कर्मला बुढा मगर
३४.सीता बुढा मगर
३५.सन्तोष चन्द ठकुरी