मंसिर ५ बैतडी– जिल्ला सदरमुकाम गोठलापानी स्थित कलुवाडमोडमा जन्ती बोकेको जीप अघि करिब ८:३० बजेतिर दुर्घटना हुदा ज्यान गुमाउनेकाे संख्या पाँच पुगेकाे छ।
बैतडीको दशरथचन्द नगरपालिका- २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका- ४ कलुवाड मोडमा दुर्घटनामा परेको छ।
मृत्यु हुने सबै एकै गाउका रहेका छन। दरशथचन्द नगरपालिका- दनपा ६ का ४८ वर्षीय राजेन्द्र चन्द, साेहि ठाउँका ३८ वर्षीय धनबहदुर चन्द, ६५ वर्षीय प्रेम बहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् । घाइते दशरथचन्द नगरपालिका– ६ सिमाइलकै ५८ वर्षीय हर्क बहादुर चन्द र गाडी चालक डडेल्धुरा जिल्लाका ४० वर्षीय दिपक माली रहेका छन ।
जिप सडकबाट करिब १५० मिटर तल भिरमा अडकिएकाे छ। सवार सबैकाे उद्दार भइसकेको र घाइते दुईजनाकाे उपचारकाे लागि जिल्ला अस्पताल डडेल्धुरा लिने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले बताए।