रुपन्देही । नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मिति २०८३ कात्तिक २६ गते राति करिब १२:०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलावार बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्रामी बस्नेत रहेका छन्।

प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउसी–भैलोजस्ता नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएका पर्वहरूमा स्वेच्छाचारी तथा अमर्यादित गतिविधि नगर्न र सामाजिक सद्भाव एवं सांस्कृतिक मर्यादा कायम राख्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार