कार्तिक १५, सल्यान – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको १५औँ नियमित महाधिवेशनअन्तर्गत सल्यानको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट दीपकजंग चन्दको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
अधिवेशनले जिल्ला उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र चन्द्रप्रकाश डाँगी तथा सहसचिवमा गोपाल चन्दलाई निर्वाचित गरेको छ।
त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ को नेतृत्वमा गोरख के.सी. र क्षेत्र नं. ‘ख’ को नेतृत्वमा दुर्गाबहादुर गिरी चयन भएका छन्।
जिल्लाभरका ८३ वटै वडामा अधिवेशन सम्पन्न हुनुका साथै १० वटै स्थानीय तहमा सभापति चयन भइसकेको नवनिर्वाचित सभापति दीपकजंग चन्दले जानकारी दिए।
अधिवेशनमा नेपाली कांग्रेस सल्यानका नेता ध्रुवराज पुरीको प्रमुख आतिथ्यता रहेको थियो भने कर्णाली प्रदेशका निवर्तमान सहमहामन्त्री एकराज डाँगीलगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार