काठमाडौं । प्रधानमन्त्री शाहको सचिवालयमा रहेका पाँच जना सल्लाहकारले मन्त्री तथा राज्यमन्त्रीसरह सुविधा पाउने भएका छन्।

अवैतनिक मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवालले मन्त्रीसरह सुविधा पाउनेछन्।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारहरूको जिम्मेवारी र सुविधासम्बन्धी यो व्यवस्था गरिएको हो।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार