२०८३ असोज ११, अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ ।लेदाे सहितकाे पहिरो नाम्सी खाेला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।पहिरो पन्छाउनका लागि उपकरण प्रयोगमा आइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिराे हटाउन करिब २ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार