असोज १०, सल्यान – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सल्यानबाट युवा नेता कोमल प्रकाश वलीले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी पेश गरेका छन् ।
नेपाल विद्यार्थी संघ, सल्यानको पूर्व सचिव तथा नेपाली कांग्रेस सल्यान जिल्ला कार्यसमितिको वर्तमान सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका वली संगठन निर्माण र सामाजिक सेवामा सक्रिय युवा नेताका रूपमा परिचित छन् ।
वलीले यसअघि नेपाल स्वास्थ्यकर्मी संघ, सल्यानको पूर्व सह-सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । विभिन्न संगठनात्मक जिम्मेवारीमा रहेर पार्टी तथा संगठनलाई सक्रिय बनाउन भूमिका खेल्दै आएका वलीले युवाको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिँदै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन ।
शैक्षिक रूपमा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका वली संगठनसँगै सामाजिक सेवाका गतिविधिमा समेत निरन्तर सक्रिय रहँदै आएका छन् ।
उम्मेदवारीसँगै वलीले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसमक्ष हार्दिक अपिलसमेत गरेका छन् । संगठनप्रतिको आफ्नो निरन्तर योगदान, अनुभव र युवा नेतृत्वलाई विश्वास गरी साथ, सहयोग र मत दिन उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार