रोल्पा । जेठ १७ गते आइतबार पूर्णिमाको अवसरमा लाग्ने प्रसिद्ध जलजला मेलामा जाने सडकको अवस्था बिग्रिएको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जलजला मेला जाने सडक केही स्थानमा बिग्रिएको तथा सवारी आवागमनका लागि जोखिमपूर्ण बनेको छ। त्यसैले सवारी साधनलाई मेलास्थलसम्म लैजाने प्रयास नगरी उवा आसपास वा अन्य सुरक्षित स्थानमा पार्किङ गर्न अनुरोध गरिएको छ।

प्रहरीले मेलामा सहभागी हुने श्रद्धालु तथा दर्शकहरूलाई सुरक्षित स्थानमा सवारी पार्क गरी पैदल मार्गबाट मेलास्थल पुग्न आग्रह गरेको छ। साथै सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि सबैले आवश्यक सावधानी अपनाउन तथा उक्त सूचना सम्बन्धित सबैसम्म पुर्‍याउन समेत अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार