राेल्पाका स्थानीय तह देखि जिल्ला सम्म कर्मचारीकाे अभाव छ।

विकट मानिने १० स्थानीय तह रहेको राेल्पामा प्राय स्थानीय तहमा वडा सचिव सबैभन्दा बढि खाली रहेको प्रमुख जिल्ला अधिकारी परमान्नद घिमिरेले बताए।

संघीय सरकारले प्रशासकीय अधिकृत समेत लामो समयपछि भर्खरै एक जना पठाएको भएपनि सेवाग्राहीकाे चाप अनुसार सहज रुपमा काम गर्न नसकिएको प्रजिअ बताउछन। अझ जिल्ला प्रशासन करिब २ महिना यता सहायक सिडिओ बिहिन छ। `जिल्ला प्रशासनमा अब ठूलो समस्या छैन। दरबन्दी अनुसार एक जना प्रशासकीय अधिकृत र एक जना खरिदार खाली छ दुई जना ना.सुको सरुवा भएको रमना लिन बाँकी रहेको छ।´ प्रजिअ घिमिरेले जनसहारासंग भने।

त्यस्तै जिल्लाका १० स्थानीय तहका जम्मा ७२ वडा मध्ये अधिकांशमा सचिव नहुदा अन्य प्राविधिक कर्मचारीबाट काम लिन परेको अवस्था भएकोले प्राय काम मिस्टेक भएर आउने हुदा दाेहाेराे झनझट हुने गरेको प्रजिअ घिमिरेले बताए।

जिल्ला कारागार अधिकृत बिहिन छ भने ईलाका प्रशासन कार्यालय घर्तीगाउँमा पनि अधिकृत नहुदा त्यहाँकाे सेवा ठप्प छ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार