कार्तिक १२ काठमाडौ – सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक कन्टेनमा प्रयोगकर्ताले आवाज मार्फत प्रतिक्रिया दिन सक्ने भएका छन।

गत हप्ता देखि मेटा कम्पनी अन्तर्गतको फेसबुकले आफ्नो फिचर अपडेट गर्दै उक्त नयाँ फिचर सार्वजनिक गरेपछि अब अडियो कमेन्ट पनि गर्न सकिने भएको हाे। फेसबुकले बेलाबेलामा यस्ता फिचर थप र परिवर्तन गर्दै आएकाे छ। यसअघि म्यासेन्जरकाे रङ परिवर्तन र बम्प म्यासेजकाे समेत फिचर थप गरिसकेको फेसबुकले हालै याे नयाँ फिचर सार्वजनिक गरेको हाे।

अहिले कतिपय देशका प्रयाेगकर्ताले त्यसको प्रयाेग सजिलै गरेको पाइएको छ भने नेपालकाे सन्दर्भमा कम मात्रामा उपलब्ध भएको पाइएको छ। त्यसाे त अहिले नयाँ फिचर भएकै कारण प्रयाेगकर्तालाई कसरी अडियो कमेन्ट गर्ने भन्ने समेत अन्याेल छ।

नयाँ फिचर मेटा कम्पनीले फेसबुकका सार्वजनिक ग्रुपहरुमा अडियो कमेन्ट गत हप्ता देखि नै उपलब्ध भएको जनाए पनि व्यक्तिगत फेसबुक अकाउन्ट्मा भने अझै नेपाल सहित अन्य मुलुकमा उपलब्ध भइनसकेको प्रयाेगकर्ताले फेसबुक मार्फत नै जिज्ञासा राखिरहका छन। तर फेसबुकको लाइट एपबाट अहिले बढि मात्रामा देखिने गरेको पाइएको छ।

कसरी प्रयाेग गर्ने अडियो कमेन्टकाे प्रयाेग ?

तत्काल देखिएकाे उक्त फिचर अनुसार पुरानो फेसबुक अकाउन्टमा यो फिचर प्रयाेग गर्न मिल्ने भएको छ। तर अधिकाशं प्रयोगकर्तासँग यो अप्सन अझै फेसबुकले देखाइ सकेको छैन।

नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ ।

१- पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।
२- अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।
३- अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।
४-अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।

५- तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।  एजेन्सीबाट

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार