भदौ १५ दाङ – तिजकाे नाच गरिरहेका बेला चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
घोराही उपमहानगरपालिका १२ गुरौ गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर साेहि ठाउँका दिपा घर्ती र मनिषा शाह राेकाकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते हुनेहरूमा साेहि ठाउँकि १५ वर्षिय निरुता शाह, १५ वर्षिय जयन्ती घर्ती, १६ वर्षिय यामुसरी थापा, ३८ वर्षिय यमकुमारी थापा रहेका छन। यिनिहर अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
त्यसैगरी सामान्य घाइते हुनेहरुमा १४ वर्षिय अन्जना घर्ती, ३८ वर्षिय वर्षिय बेलकुमारी घर्ती, १५ वर्षिय सावित्रा वली, ४२ वर्षिय मनकुमारी वली र ४ वर्षिय जेनिशा शाह रहेका छन।
उनिहरु मंगलबार राति करिब ११ बजेतिर स्थानीय कुलविर बुढाकाे घरमा नाचगान गर्दै गर्दा चट्याङ लागेकाे बुधबार बिहान मात्रै प्रहरीले खबर पाएकाे र घाइतेहरुलाई बिहान सम्म घरमै राखिएको बिहान डाेकाे मार्फत अस्पताल ल्याउने काम भइरहेको छ। दुर्गम क्षेत्र पर्ने भएकाले तत्काल अस्पताल पठाउन नसकिएको हाे। उक्त ठाउँ घाेराही उपमहानगरपालिका -१२ हापुरबाट पैदल जानुपर्ने र ४ घण्टाकाे समयमा घटनास्थल पुगिने प्रहरी नायव उपरीक्षक गौतमले बताए।