असार ४ राेल्पा – साइकल दुर्घटनामा परि एक युवककाे मृत्यु भएको छ।

मृत्यु हुनेमा परिवर्तन गाउँपालिका -५ खेसाबाङका २१ वर्षिय दिनेश वली रहेकाे जिल्ला प्रहरी कार्याल राेल्पाले जनाएको छ।

शुक्रबार बेलुका ६ बजेतिर साइकल चलाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेपछि गम्भीर घाइते भएका वलीकाे स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारकाे लागि जिल्ला अस्पताल रेउघा ल्याउने क्रममा बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार