असार ३ नुवाकोट – विद्यालय हिडेकी शिक्षिकाकाे सडक दुर्घटनामा परि मृत्यु भएको छ।
नुवाकोटमा विद्यालय हिडेकी एक शिक्षिका स्कुटरसहित भिरबाट लडेर खोलामा खसेकी छिन् ।
तादी गाउँपालिका–४ स्थित घिरौले भिरमा सुन्दरा मावि सातबीसेमा अध्यापनरत दुप्चेश्वर गाउँपालिका–६ घर भएकि राधिका आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
शुक्रबार बिहान शिक्षिका आचार्यले चलाएकाे बा ९७ प ६९२५ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलामा खसेकाे र उनकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।
घटनाबारे स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक योगेश खरेलकाे कमान्डमा खटिएको प्रहरी टाेलीले खाेलामा डुबेकाे अवस्थामा मृतकको शव फेला पारेकाे र उद्दार गरि पाेष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।