बैशाख ३० काठमाडौ – निर्वाचन सकिए पछि सिल गरेकाे मतपेटिका लिएर स्थानीय नै भागेका छन।
रौतहटको यमुनामाई गाउँपालिका -२ भिडियाहीमा मतपेटिका स्थानीयले लिएर भागेको खबर प्राप्त भएको र तत्काल केही बेरमै सुरक्षितका साथ सुरक्षाकर्मीले मतपेटिका नियन्त्रणमा लिइसकेको र सुरक्षित रहेकाे प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए।
यसबारे थप अनुसन्धान भइरहेको र त्यहा नजिकैको थप सुरक्षा टाेली समेत अहिले परिचालन गरिएको प्रजिअ अधिकारीले बताए।
उक्त मतदान स्थलमा दिउसो केही विवाद उत्पन्न भएको र त्यहि विवादले गर्दा अन्तिम समयमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीले छलफल गरिरहेकाे बेला दुई जना एक्कासि आएर लिएपछि सुरक्षाकर्मीकाे टाेलिले पिच्छा गरेर नियन्त्रणमा लिएको प्रजिअ अधिकारीले बताए।
उक्त घटनापछि फितलो सुरक्षाका कारण घटना भएको भन्दै आलोचना भइरहेको छ।