बैशाख ३० रुकुम पश्चिम – गाउँपालिका अध्यक्षका उम्मेदवारले प्रयाेग गर्दै आएकाे गाडीले मतदान स्थलमा ठक्कर दिदा एक जना वृद्ध मतदाताकाे मृत्यु भएको छ।

नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाले प्रयाेग गर्दै आएको गाडीले बाँफिकोट-७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा अन्दाजी ६२ वर्षीय पर्जे खत्रीलाई ठक्कर दिएपछि घाइते भएका खत्रीको उपचारकाे क्रममा मृत्यु भएको छ।

गाडीको ठक्करबाट घाइते खत्रीलाई उपचारको लागि जिल्ला अस्पतालमा लिएकाेमा उपचारकाे क्रममा मृत्यु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले बताइन।

खत्रीको अवस्था बारे बुझन अस्पतालमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि पुगेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार